sevenstartv.com ४ पुष २०८२, शुक्रवार

एनपीएलः प्लेअफका २ खेल हुँदै

३ पुष २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुँदैछन् । प्लेअफका २ खेल सम्पन्न भएपछि फाइनल पुग्ने एक टोलीको टुंगो लाग्नेछ ।

पहिलो खेलमा विहान ९ बजे चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् । यो खेलमा जित निकाल्ने टिम दोस्रो क्वालिफायरमा पुग्ने छ भने हार्ने टिम बाहिरिने छ ।

यस्तै आज १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स पनि भिड्दैछन् । शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरको विजेता फाइनल पुग्ने छ । भने हार्ने टिमले दोस्रो क्वालिफायरका लागि चितवन र कर्णालीको खेलको विजेतासँग खेल्नुपर्ने छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्