नेपाल र भारतको खेल वर्षातका कारण रद्द
काठमाडौं । मलेसियामा जारी एसीसी महिला यू-१९ एसिया कपमा नेपाल र भारतको खेल वर्षातका कारण रद्द भएको छ ।
खेल बीचैमा रोकिएसँगै नेपाल र भारतले १-१ अंक बाँडेका छन् । अब ग्रुप एमा नेपाल र भारतको ३-३ अंक हुँदा दुवै खेल हारेको पाकिस्तान अंकविहीन छ । पहिलो इनिङ सकिएर दोस्रो इनिङ शुुरु भएलगत्तै अवरुद्ध भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९५ रनको लक्ष्य पेस गरेको थियो । पाकिस्तान, भारत र नेपाल रहेको समूहमा नेपाल यसअघि नै सुपर ४ मा पुगिसकेको छ ।

.gif)