sevenstartv.com ४ पुष २०८२, शुक्रवार

यू-१९ महिला एसिया कप : नेपालसँग पाकिस्तान पराजित

१ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । मलेसियामा जारी एसीसी यू(१९ महिला एसिया कप क्रिकेटमा नेपालसँग पाकिस्तान पराजित भएकाे छ । नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

१०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । त्यसअघि सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।

त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो । नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ ।

नेपालले भोलि भारतसँग खेल्ने छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्