sevenstartv.com ४ पुष २०८२, शुक्रवार

कर्णालीले सुदूरपश्चिमलाई दियो १०२ रनको लक्ष्य

१ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम लिग खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनायो ।

कर्णालीका लागि ओमानी खेलाडी जिासन मकसुदले ३० रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बलिङमा सुदूरपश्चिमका लागि हर्मित सिंहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । साथै उनले २ रनआउट पनि गरे ।स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट नै लिए । सैफ अली जैबले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए ।

अब सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य पूरा गरे कर्णाली शीर्ष चारबाट आउट हुनेछ । अन्यथा कर्णाली शीर्ष चारमा पर्नेछ भने काठमान्डु गुर्खाज बाहिरिनेछ ।
यदि कर्णालीले सुदूरलाई १२ रन वा बढीले पराजित गरेमा जनकपुरलाई पछि पार्दै शीर्ष दुईमा पुग्नेछ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्