उधौली पर्वः योमरी पुन्हि (ज्यापु दिवस) धान्य पूर्णिमामा प्रधानमन्त्रीकाे शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
आज बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले कृषिमा आश्रित जनजीवनमा यो दिनको ठूलो महत्त्व रहेको बताएका छन् ।
‘आज धान्य पूर्णिमाको दिन । पुरानो कृषि युगमा यस दिनको ठूलो महत्त्व छ’, उनले लेखेका छन्, ‘असारमा रोपेको धान मङ्सिरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो ।’

.gif)