sevenstartv.com ४ पुष २०८२, शुक्रवार

विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

२८ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

 काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको हो ।एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन जोडे । उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे । राजेश पुलामी मगरले अविजित ३३ रन बनाए । मार्टिन गप्टिलले ४५ रन बनाए ।

कमजोर सुरुवात गरे पनि इनिङ्सको अन्तिममा आक्रमक बनेको विराटनगरले अन्तिम चार ओभरमा ६९ रन बनाएको थियो । कुनैबेला १० रनमै ३ विकेट गुमाएको विराटनगर ३३-४ को अवस्थामा थियो । तर बसिर र मार्टिन गप्टिलले पाँचौ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरे । ओपनर लोकेश बम र वान डाउनमा आएका दिपक बोहरा पहिलो ओभरमै आउट भएका थिए । स्कट एडवार्ड्स दोस्रो ओभरमा आउट भए ।

निकोलस किर्टोन सातौं ओभरमा आउट भएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो । तर गप्टिल र बसिरले अर्धशतकिय साझेदारी गर्दै विराटनगरको स्कोर उकासले । बसिरले राजेश पुलामीसँग मिलेर छैटौं विकेटका लागि अविजित ८३ रनको अर्को अर्धशतकिय साझेदारी गरे । बलिङमा चितवनका रिजन ढकालले ४ ओभरमा ४० रन खर्चर २ विकेट लिए । सोहेल तनविर, बासिल हमिद, कप्तान कुशल मल्लले १-१ विकेट लिए । एनपीएलमा डेब्यु खेलमा युएईका हामिदले ४ ओभरमा १५ रन मात्र खर्चिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्