निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति
काठमाडाैं । सिमेन्ट उद्योगी व्यवसायीहरुले सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जनाएका छन् । बुधबार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए ।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गदर्गै अध्यक्ष सिंहले काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७ सय रुपैयाँमा उपलब्ध गराउने सिमेन्टव्यवसायीहरुले प्रतिवद्धता गरेको बताउनु भयो । उनका अनुसार काठमाडौं उपत्यकामा अब ६०० रुपैयाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ ।
आफूहरुले सिमेन्ट उद्योगीहरु धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ ।

.gif)