sevenstartv.com ४ पुष २०८२, शुक्रवार

एनपीएल : सुदूरपश्चिमसँग जनकपुर पराजित

२६ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससँग जनकपुर बोल्ट्स पराजित भएको छ । 

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए । सुरूमा ब्याटिङमा आएको सुदूरपश्चिमले ९ विकेट गुमाएर १२३ रन बनाएको थियो ।

१२४ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले पावरप्लेमा ५ विकेट गुमायो । जनकपुर १२ ओभरमा सबै विकेट गुमाएर अलआउट हुँदै जम्मा ५१ बनाउँदा सुदुरसँग ७२ रनले पराजित भएको हो । 

जनकपुरका लागि जोसुया ट्रम्प १३,  लाहिरू मालिन्था  सात,  हर्ष ठाकर पाँच, जेम्स निसम, ललित राजवंशी, आशिफ शेख समान चार, अर्निको यादव एक,  कप्तान अनिल साह, शुभ कन्सकार र शेर मल्ल शून्यमा आउट भए ।​ सुदुरका लागि हर्मित सिंह, इसान पाण्डे र दिपेन्द्रसिंह ऐरी समान दुई, स्कट कुगेलेइन,  सैफ जेव, र नरेन साउदले एक विकेटले लिए ।

जनकपुरका किशोर महतोले १७ ओभरमा तीन विकेट र १९ ओभरको पहिलो बलमा थप एक विकेट लिएपछि  सुदुरपश्चिम सस्तैमा समेटिएको थियो ।
सुदुरका लागि विनोद भण्डारी ३३, सैफ जेव २१, ब्राण्डेन  म्याकलेन ११, स्कट कुगेलेइन ७,  आरिफ शेख ६, नरेन साउद तीन, हर्मित सिंह एक, दिपेन्द्रसिंह ऐरी शून्यमा आउट भए।  नरेश बुढायर ९ र अविनास बोहरा २ रनमा अविजित रहेका थिए ।

जनकपुरका लागि शेर मल्ल र अर्निको यादव समान दुई दुई, हर्ष थाकरले एक विकेट लिए । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्