sevenstartv.com ४ पुष २०८२, शुक्रवार

कर्णालीसँग पोखरा ७ विकेटले पराजित

२५ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको थियो ।

कर्णालीले ५ ओभर बाँकी छदैँ खेल जितेको हो । कर्णालीका  लागि  चाडविक वाल्टन ४२,  बाबर हायात ७, देव खनाल शून्यमा आउट भए भने गुलशन झा ४९ र विलियम बसिस्टो २ रनमा अविजित रहे ।

पोखराका लागि कप्तान कुशल भुर्तेल, विपिन खत्री र सागर ढकालले समान एक एक विकेट लिए। कर्णाली याक्सविरूद्ध ​टस जितेर​ ब्याटिङ गरेको  पोखराले सबै विकेट गुमाएर १०३ रन बनाएको थियो ।

पोखराका लागि दिनेश कार्की २६, आन्द्रेश गोस २५, रेमन राफर २०, कुशल भुर्तेल १०,दिलिपनाथ ३, माइकल लिस्क २ म्याट क्रिट्ले र आकाश चन्द समान एक एक रन बनाए।  कर्णालीका लागि विलियम बोसिस्टोले ६, सोमपाल कामी, युनिश ठकुरी, विपिन शर्मा ले एक एक विकेट लिए ।

यसअघि पोखराले तीन खेलमा दुई हार र एक जित हासिल गरेको थियो भने कर्णालीले चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेको थियो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्