पोखराले कर्णालीलाई दियाे १०४ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिगको आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको छ । कर्णाली याक्सविरूद्ध टस जितेर ब्याटिङ गरेको पोखराले सबै विकेट गुमाएर १०३ रन बनायो ।
पोखराका लागि दिनेश कार्की २६, आन्द्रेश गोस २५, रेमन राफर २०, कुशल भुर्तेल र विपिन खत्री १०,दिलिपनाथ ३, माइकल लिस्क २ म्याट क्रिट्ले, नारायण जोशी र आकाश चन्दले समान एक एक रन बनाए ।
कर्णालीका लागि विलियम बोसिस्टोले ६, सोमपाल कामी, युनिश ठकुरी, विपिन शर्मा ले एक एक विकेट लिए । पोखराले तीन खेलमा दुई हार र एक जित हासिल गरेको छ भने कर्णालीले चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेको छ।

.gif)