sevenstartv.com ७ पुष २०८२, सोमवार

सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

२५ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सानिमा हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले सो बराबरको बोनस शेयर र त्यसका लागि कर प्रयोजनका लागि लाग्ने नगद लाभांश दिने निर्णय गरेको हो । सो बापत करिब ३४ करोड रुपैयाँ खर्च हुने कम्पनीले जनाएको छ । 

कम्पनीले लाभांश प्रस्ताव पारित लगायतका एजेन्डासहित आगामी पुस २८ गतेका लागि साधारण सभा समेत बोलाएको छ । साधारण सभा प्रयोजनको लागि पुस ९ गते शेयरधनी किताब खाता बन्द गर्ने निर्णय समेत गरिएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्