sevenstartv.com १ पुष २०८२, मङ्गलवार

स्कारपियो दुर्घटना : दुई जनाको मृत्यु

२३ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेको मृत्यु भएको हो ।  पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको हो ।

सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१-००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा बाजुराको गौमुल गाउँपालिकाका २५ वर्षीय रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका-१७ का ३९ वर्षीय लोकेन्द्र पन्त र कञ्चनपुरको गुलरियाका मोहनदेव भट्ट रहेको प्रहरीले जनाएको छ । उनीहरूको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्