sevenstartv.com ४ पुष २०८२, शुक्रवार

एनपीएल : जनकपुरले लुम्बिनीलाई दियाे १३७ रनको लक्ष्य

२३ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार बिहानको खेलमा जनकपुरले लुम्बिनीलाई १३७ रनको लक्ष्य दिएको छ । ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै जनकपुरले १३६ रन बनाएको हो ।

जनकपुरका लागि कप्तान अनिल शाह ५ रनले अर्धशतक बनाउन चुके। उनले एक चौका र चार छक्का हिर्काएर ४५ रन जोडे । उनी सन्दीप जोराको बलमा क्याच आउट भएका हुन् । जनकपुरका अर्का ओपनर आशिफ शेख १० बलमा १६ रन बनाएर आउट भएका थिए ।

लाहिरु मिलन्था २३ बलमा २४ रन बनाएर आउट हुँदा तीन बल खेलेका हर्ष ठाकरले एक रन बनाउँदा जिमी निशमले दुई बलमा एक रन मात्र जोड्न सके। मोहम्मद मोसिन पाँच बलमा तीन रन बनाएर आउट हुँदा श्री मल्ल शून्यमा आउट भए ।

कसिलो बलिङ गरेको लुम्बिनीका लागि अभिषेक गौतमले तीन विकेट लिँदा कप्तान रोहित पौडेल र साद बिन जफरले दुईदुई विकेट लिए। उसका लागि सन्दीप जोराले एक(एक विकेट हात पारे ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्