एनपीएल : कर्णाली याक्सको पहिलो जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पहिलो जित निकालेको छ । बलिङमा विपिन शर्माको ३ विकेट अनी ब्याटिङमा शिखर धवनको ४५ रन मदतमा कर्णालीले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो ।
कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित भएको थियो । पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ । यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।
धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । यस्तै चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाए । जिसान मक्सुदले अविजित १२ रन बनाए ।

.gif)