सुदुरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल मा सुदुर पश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको काठमाडौं गुर्खाजलाई सुदुरपश्चिमले ६ विकेट गुमाएर १६७ रन बनाएको हो ।
सुदुरपश्चिमका लागि ब्रान्डन म्याकमुलेन ५४, कप्तान ऐरीले ४३, विनोद भण्डारी ३६, सैफ अलि जेबले ११, रोहन मुस्ताफा ४, आरिफ शेख ३ रनको योगदान दिए। त्यस्तै इशान पाण्डले ५ बलमा १ रन स्कट कुगेलिनले ७ बलमा ७ रन बनाए । रसिद खानले दुई,करण केसी जेराड इरास्मत, साहब आलम र रसिद खानले समान एक एक विकेट लिए ।
पहिलो खेलमा सुदुरपश्चिमले विराटनगर किंग्सलाई हराएर खेलको उत्कृष्ट सुरूवात गरेको थियो भने काठमाडौंले हिजो कर्णालीलाई हराएको थियो। काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो। करण केसी काठमाडौं र दिपेन्द्रसिंश ऐरी सुदुर पश्चिमका मार्की खेलाडी हुन्।

.gif)