sevenstartv.com ४ पुष २०८२, शुक्रवार

गोदावरी मेयर कप : सेमिफाइनलका खेल आज

२० मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । गोदावरी नगरपालिका अन्तर वडाब्यापी मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरु आजबाट सुरु हुने छन् ।

गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार टाहाखेल मैदानमा हुने पहिलो खेलमा वडा नम्बर ६ टीकाभैरब र वडा नम्बर २ विशखुनारायणबीच प्रतिस्पर्धा हुने भएको छ ।  खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । 

वडा नम्बर ४ बडिखेललाई २-० ले पराजित गर्दै वडा नम्बर २ विशंखु नारायण सेमिफाइनलमा पुगेको हो भने टीकाभैरब वडा नम्बर १४ ठैव बाँडेगाउँलाई ५-० गोलले हराउदै अन्तिम चारमा पुगेको हो ।  विशंखुले आफ्नो पहिलो खेलमा वडा नम्बर ५ लेलेलाई पेनाल्टी सुटआउटमा हराएको थियो भने टीकाभैरब सिँधै बाइ पाएर अन्तिम आठमा पुगेको थियो । 

आजै दिउँसो साढे २ बजे वडा नम्बर ११ चापागाउँ र वडा नम्बर ३ गोदावरीबीच दोस्रो सेमिफाइनलको खेल हुनेछ ।  चापागाउँले वडा नम्बर ७ देवीचौरलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो भने वडा नम्बर ३ ले वडा नम्बर १ गोदामचौरलाई ४–० ले पाखा लगाएर अन्तिम चारमा पुगेको हो । 

यसअघि चापागाउँ सिँधै बाइ पाएर क्बार्टरफाइनलमा पुगेको थियो भने गोदावरी वडा नम्बर १० लाई ४–० ले हराएर अन्तिम आठमा पुगेको थियो । गोदावरी नगरभित्रका वडाहरुबीच हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ । 

    

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्