अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राईको मृत्यु भएको हो ।
बिहान सवा ६ बजेको समयमा हेटौंडा बजारबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना २ ह २६९२ नं.को अटोले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । अटो र अटो चालक सोही ठाउँ बस्ने ३१ वर्षीय शङ्कर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

.gif)