sevenstartv.com ७ पुष २०८२, सोमवार

ब्लाक्क डेक्करले ल्यायो जाडोका उपकरण

१२ मंसिर २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी ब्रान्ड ब्लाक्क एण्ड डेक्करले जाडोका उपकरणहरू छुटसहित नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले ओएफआर हिटर, पीटीसि हिटर, फ्यान हिटर, एअर ह्युमिडिफायर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओटीजी ओभन, इलेक्ट्रिक प्रेसर कूकर, कफी मेकर र कित्ली जस्ता उत्पादनहरू सुपथ मूल्यमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय प्रिमियम ब्रान्ड ब्लाक्क एण्ड डेक्करका उत्पादनहरू आधुनिक डिजाइनका टिकाउ र भरपर्दो रहेको कम्पनी विश्वस्त छ । कम्पनीका अनुसार हरेक उत्पादनमा २४ महिनाको वारेन्टी रहेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्