sevenstartv.com ४ पुष २०८२, शुक्रवार

यू-१९ एसिया कप खेल्न जाने टोलीको आज बिदाइ

११ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले एसीसी पुरुष अन्डर-नाइन्टिन एसिया कप खेल्न जाने नेपाली टोलीको मंगलबार बिदाइ गर्ने भएको छ । टोलीको आज दिउँसो साढे १२ बजे नागपोखरीस्थित एक ब्यांक्वेटमा बिदाइ कार्यक्रम राखिएको क्यानले जनाएको छ ।

दुबईमा शुक्रबार सुरु हुने एसिया कपका लागि नेपालले शनिबार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । एक दिवसीय एसिया कप क्रिकेट मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । समूह बीमा रहेको नेपालको पहिलो खेलमा मंसिर १४ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । 

नेपाल रहेको समूह बीमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्। दोस्रो खेलमा मंसिर १६ गते बंगलादेश र अन्तिम खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्ने तालिका छ । प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन्। समूह ए मा भारत, पाकिस्तान, जापान र युएई छन् । 

समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनल मंसिर २३ गते हुने छ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्