नेपाल प्रिमियर लिगले नेपालको आर्थिक गतिविधि चलायमान बनाउछ : खेलकुदमन्त्री चौधरी
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको आर्थिक गतिविधि चलायमान बनाउने बताएका छन् ।
आज धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण कार्यक्रममा उनले एनपिएलको चर्चा स्वदेशमा मात्र नभएर विदेशमा समेत भइरहेको बताएका हुन् । उनले एनपिएलले आर्थिक, औद्योगिक र पर्यटकीय क्षेत्रमा पनि महत्वपूर्ण भुमिका खेल्ने बताए ।
उनले सबै टिमलाई जितको अग्रिम शुभकामना दिएका छन् । उनले खेल क्षेत्रले नेपाललाई अब विश्वमा चिनाउने पनि बताए ।

.gif)