sevenstartv.com ७ पुष २०८२, सोमवार

काठमाडौंको थलीमा सानिमा बैंकले खोल्यो शाखा

१० मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सानिमा बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५, स्थित थलीमा शाखा खोलेको छ ।

कार्यालयको उद्घाटन आइतबार कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, ब्राण्ड प्रवर्धक महजोडी ९मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य०, बैंकका सञ्चालक लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरेका हुन् । 

नगरप्रमुख कार्कीले सानिमा बैंकले नगरपालिकाको भवनमा शाखा विस्तार गरेकोमा कृतज्ञता व्यक्त गर्दै यस बैंक मार्फत स्थानीयमा सहज बैंकिङ सेवाको पहुँचबाट लाभान्वित हुने विश्वास व्यक्त गरे । मह जोडीले सबल बैंकको रूपमा निरन्तर विस्तार हुनका लागि शुभकामना व्यक्त गरेका छन् । 

सानिमा बैंकका सञ्चालक लक्ष्मीप्रपन्न निरौला तथा प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बै‌कका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका हुन् । देशका सातै प्रदेशमा १३४ वटा कार्यालय र १२४ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्