sevenstartv.com ७ पुष २०८२, सोमवार

नेप्से परिसूचक १३.०३ अंकले घट्याे

९ मंसिर २०८१, आइतवार स्टार संवाददाता

 काठमाडौं । आइतबार सेयर बजार १३.०३ अंक घटेको छ ।  नेप्से परिसूचक २६६७ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३.०३ अंक घटेको हो । 

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ७२ करोडको भयो । ५५ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने ८ को स्थिर रह्यो । दुई समूह लगानी र उत्पादनबाहेक सबै घटे । लगानी ०.०८ तथा उत्पादन समूह ०.६८ प्रतिशत बढे ।

बैंकिङ ०.५४, विकास बैंक १.६३, फाइनान्स ०.३७, होटल तथा पर्यटन ०.४९, हाइड्रोपावर ०.४१ प्रतिशत घटे । जीवन बीमा ०.५५, माइक्रोफाइनान्स ०.९४, निर्जीवन बीमा समूह ०.१७, अन्य ०.७१ र व्यापार समूह ०.०७ प्रतिशत घटे ।

थ्रीस्टार हाइड्रोपावरको ९.९१ प्रतिशत मूल्य बढ्यो । ङादी ग्रुपको ९.५८, जानाकी फाइनान्सको ८.०७, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.६१, सामुदायिक लघुवित्तको ६.६, बेस्ट फाइनान्सको ६.१० तथा सान्जेन जलविद्युतको ३.८६ प्रतिशत मूल्य बढ्यो । माहुली लघुवित्तको ६.३, नारायणी डेभलपमेन्ट बैंकको ५.८, नेपाल फाइनान्सको ५.३४ र उन्नति सहकार्य लघुवित्तको ५ प्रतिशत मूल्य घट्यो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्