sevenstartv.com ४ पुष २०८२, शुक्रवार

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

९ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टिम छानेको हो । जसमा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकास त्रिपाठी, उत्तम रंगु थापा मगर, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडल, अविशेख तिवारी र रन्जीत कुमार रहेका छन् ।

नेपाली टिमको मुख्य प्रशिक्षकमा शक्ति गौचन रहेका छन् भने सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन् । मंसिर १४ देखि २३ गतेसम्म ९नोभेम्बर २९ देखि डिसेम्बर ८०  हुने यू–१९ एशिया कपमा नेपालसहित आठ देशले भाग लिदै छन् । एकदिवसीय फर्म्याटमा हुने प्रतियोगिताको आयोजना युएईले गर्दै छ । एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन् । जसमा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए भने नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए ।

गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो । प्रतियोगितामा सहभागी ८ देशलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन्।  हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग तथा तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने छ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्