sevenstartv.com ४ पुष २०८२, शुक्रवार

विश्वकपमा पुगेको यू-१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार दिने घोषणा

३० कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । विश्वकपमा छनोट इतिहास रच्न सफल नेपाली यू-१९ महिला टोलीका सदस्यहरुलाई नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइजले संयुक्त रुपमा १० लाख रुपैयाँ पुरस्कार दिने भएका छन् ।

ऐतिहासिक उपलब्धीको सम्मान स्वरुप  एनपीएलका सबै आठ फ्रेन्चाइज टोलीहरुले संयुक्त रुपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । यसअघि नेपाल क्रिकेट संघ क्यानले टोलीका प्रत्येक खेलाडीलाई प्रोत्साहन स्वरुप जनही २ लाख ५० हजार दिने घोषणा गरेको थियो । 

मधेश प्रदेश सरकारले पनि विश्वकपमा छनोट हुन सफल राष्ट्रिय टोलीमा रहेका मधेश प्रदेशका खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने घोषणा गरिसकेको छ । नेपालले बुधबार भएको खेलमा यूएईलाई पराजित गर्दै आगामी वर्ष जनवरीमा हुने आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा स्थान पक्का गरेको थियो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्