sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

'वैदेशिक लगानी प्रवद्र्धनका लागि नेपाली राजदुतहरुले अग्रसरता लिनुपर्छ'

२९ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन नेपाली राजदुतहरुले अग्रसरता लिनुपर्ने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदुत र तीन महावाणिज्यदुतहरुसँग आयोजना गरेको अन्तरक्रियामा उनले राजदुतहरुलाई नेपालमा वैदेशिक लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन महासंघले सहयोग गर्ने बताएका हुन् । 

उनले महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरी लगानी प्रवद्र्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको बताए । उनले नेपालमा लगानीको वातावरण बन्दै गएपनि लगानी प्रोत्साहित हुन नसकेको भन्दै नवनियुक्त राजदुतहरुले आर्थिक कुटनीतिलाई कार्य सम्पादनको मानकका रुपमा मानेर काम गर्नुपर्ने बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्