sevenstartv.com ४ पुष २०८२, शुक्रवार

नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा

२८ कार्तिक २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटवल टोलीले थ्री नेशन्स कपको पहिलो खेलमा आज घरेलु टोली ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल नेपाली समय अनुसार साँझ पौने सात बजे डुसान्बे स्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ ।

नविन न्यौपानेको राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा यो पहिलो खेल हो । प्रि म्याच प्रेस कन्फरेन्समा बोल्दै न्यौपानेले आक्रमक फुटवल खेल्ने बताएका छन् । करिब दुई साताको तयारी गरेर नेपाल ताजकिस्तान पुगेको हो । बलियो टोलीविरुद्ध पाएका अवसरलाई सदुपयोग गर्दै सकारात्मक नतिजा निकाल्ने न्यौपानेको योजना छ ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्