नेपालसँग कुवेत पराजित
काठमाडौं । आईसीसी अन्डर नाइन्टिन महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालसँग कुवेत पराजित भएको छ । नेपालसँग कुवेत १ सय ६५ रनले पराजित भएको हो ।
नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा १० विकेट गुमाउँदै ४८ रनमा समेटियो । कुवेतकी जिफा जिलानीले सर्वाधिक ३६ रन जोडिन् । सात खेलाडी शून्यमा आउट भए । नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ५ विकेट लिइन् । सीमा केसी र रचना चौधरीले समान २र२ विकेट लिए ।
यूएईस्थित सेभेन्स डिस्ट्रिक स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले शतकीय पारी खेल्दै १ सय ३० रनमा अविजित रहिन् । ६९ बल खेलेकी उनले १७ वटा चौका हिर्काएकी थिइन्। सोनी पाख्रिनले आउट नभइ ४३ रन जोडिन् । यसअघि सावित्री धामी ११ र साना प्रविन ६ रनमा आउट भएका थिए ।
पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो। यसअघि आइतबार भएको खेलमा नेपालले थाइल्याण्डलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन् । सहभागी चार टोलीमध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । नेपालले अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ ।

.gif)