sevenstartv.com ९ पुष २०८२, बुधवार

नरेफाँटमा स्कुटर दुर्घटना : एक जनाको मृत्यु

२७ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

 काठमाडौं । काठमाडौं महानगरपालिका-३२ नरेफाँटमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चालक ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोल घर भएका ४७ वर्षीय निश्चल ताम्राकारको मृत्यु भएको हो । 

नरेफाँटबाट ललितपुर इमाडोलतर्फ जाँदै गरेको बा ६५प ३४३३ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

यो पनि पढ्नुहोस्