नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य
काठमाडौं । आईसीसी अन्डर नाइन्टिन महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई २ सय १४ रनको लक्ष्य दिएको छ ।
यूएईस्थित सेभेन्स डिस्ट्रिक स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनाएको हो । नेपालका लागि कप्तान पूजा महतोले शतकीय पारी खेल्दै १ सय ३० रनमा अविजित रहिन् ।
६९ बल खेलेकी उनले १७ वटा चौका हिर्काएकी थिइन्। सोनी पाख्रिनले आउट नभइ ४३ रन जोडिन् । यसअघि सावित्री धामी ११ र साना प्रविन ६ रनमा आउट भएका थिए । कुवेतले जवाफी ब्याटिङ सुरु गरेको छ। पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो । यसअघि आइतबार भएको खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन् । सहभागी चार टोलीमध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । नेपालले अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ ।

.gif)