sevenstartv.com ४ पुष २०८२, शुक्रवार

नेपाल र कुवेतबीच प्रतिस्पर्धा

२७ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आईसीसी अन्डर नाइन्टिन महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समय अनुसार आज बिहान सवा ११ बजे यूएईस्थित सेभेन्स स्टेडियममा सुरु हुनेछ ।

आइतबार भएको खेलमा नेपालले आफ्नो चौथो खेलमा आइतबार थाइल्यान्डलाई १ सय ६ रनको विशाल अन्तरले पराजित गरेको थियो । पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो । 

प्रतियोगितामा नेपालसहित घरेलु टोली यूएई, थाइल्यान्ड र कुवेत सहभागी छन् । सहभागी चार टोली मध्ये डबल राउन्ड रोविनका आधारमा शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यू-१९ महिला टी-२० विश्वकपका लागि छनोट हुनेछ । 

नेपालले अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ । नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । प्रतियोगिता अन्र्तरगत मंगलबार अपरान्ह यूएई र थाइल्याण्ड भिड्ने छन् । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्