बोलेरोले ठक्कर दिँदा एक जनाको मृत्यु
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-३ डार्केफाटमा बोलेराले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बेनीघाट-२ की १९ वर्षीया अनिशा मिजारको मृत्यु भएको हो ।
ताल्तिबाट मलेखु जाँदै गरेको बा२०च १९९९ नम्बरको बोलेरोले मिजारलाई ठक्कर दिएको थियो । उक्त बोलेरोकै ठक्करबाट २६ वर्षीया प्रशंसा मिजार घाइते भएकी छन् । चालक गोपी बहादुर ठकुरी र बोलेरो प्रहरीको नियन्त्रणमा रहेको छ ।

.gif)