जाजरकोटमा फोर्स गाडी दुर्घटना : १७ जना घाइते
काठमाडौं । जाजरकोटमा फोर्स गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
आज साढे ११ बजेति बा ५ख १८९२ नम्बरको फोर्स गाडी भेरी नगरपालिका-७ स्याउले बजारबाट नेपालगञ्जतर्फ जाँदै गर्दा उक्त गाडी जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा सडकबाट ५० मिटर तल खसेको हो ।
२१ जना सवार रहेको गाडीमा १७ जना घाइते भएको र उनीहरुको उद्दार गरी कुदुका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले बताएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

.gif)