बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु
काठमाडौं । बागलुङको जैमिनी नगरपालिका-७ जैदीको व्यार्थला नजिकै ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको हो । मृतकहरूको पहिचान खुल्न बाकीँ छ ।
प्रहरीका अनुसार ६ जना सवार भ्यानमा गम्भीर घाइते भएका एक जनाको जीवितै उद्धार गरिएको छ । उनलाई थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

.gif)