sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

वर्षकै सर्वाधिक ठूलो सेल दराज ११.११ को आयोजना हुँदै

२३ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपालकै अग्रणी ई-कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्न लागेको छ । दरारले उक्त सेल नोभेम्बर ११ देखि २१ सम्म गर्न लागेको हो ।  बहुप्रतिक्षित सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्याश सेलमार्फत ८०५ सम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा र ३ करोड रुपैयाँ सम्मका भौचरहरुका साथै अविश्वसनिय छुट लगायत सुविधाहरु समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । 

विविध सामग्रीहरुका विस्तृत श्रृंखला र ब्राण्डेड उत्पादनहरु मध्य विशाल छनौटको अवसरसँगै,दराज ११.११ किनमेलको लागि एक राम्रो गन्तव्य भएको कम्पनीको भनाइ छ ।  यस वर्षको दराज ११.११ सेलका लागि दराज नेपालले सात ओटा डाइमन्ड ब्राण्ड पार्टनरहरु राखेको छ, जसमा सेटाफिल, रोहोतो मेन्थोलाटम, मसलब्लेज, जुभारा, बोट, एडिडास, र बाल्ट्रा समावेश छन् । प्लेटिनम पार्टनरहरुमा टेक्नो, परफेट्टी, ग्रीनलाइफ एक्स्पिरियन्स, एंकर्स, डा. शेत, र एवीबी रहेका छन् । साथै, गोल्ड ब्राण्ड पार्टनरहरुमा भ्यान्स, मुनस्टार, अस्तावुल्फ, ईप्लाजा, मामाअर्थ, पिलग्रिम, र जेब्रोनिक्स रहेका छन् ।

दराजले १० ओटा बैंक र २ ओटा वालेट पार्टनरहरुसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्ट मार्फत रु. २५०० सम्मको छुटहरु प्रदान गर्ने व्यवस्था पनि गरेको छ । यी बैंकका डेबिट कार्डहरु मार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरुले १५५ छुट, अधिकतम रु. २००० सम्म, प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले २०५ छुट, अधिकतम रु २५०० सम्म प्राप्त गर्न सक्ने ब्यवस्था गरिएको जनाइएको छ । 

सो अभियान मार्फत दैनिक रुपमा रु। ११, रु. १११ र ११११ रुपैयाँका डिलहरु पनि सेलमा रहनेछन् । खरिदकर्ताहरुले रु. ६९९, रु. ९९९, रु.१९९९ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् भने दराज ११.११ सेल अवधिभर कम्तिमा ३५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३५०००० रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्