sevenstartv.com ९ पुष २०८२, बुधवार

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन

२३ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व सम्पन्न गरिएको छ । जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो । यसअघि बिहीबार साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । 

 

उनीहरूले ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्यसहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । 

 

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्ष पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक सूर्यदेव र छठी माताको आराधना गर्ने परम्परा छ। ​मिथिलाञ्चलको महान् पर्व छठ अहिले तराई९मधेशका साथै काठमाडौं उपत्यकामा समेत विस्तार भएको छ । छठको विधि कार्तिक शुक्ल चतुर्थीमा आरम्भ भई सप्तमीमा समापन हुन्छ ।

यो पनि पढ्नुहोस्