sevenstartv.com ९ पुष २०८२, बुधवार

पत्नीसहित राष्ट्रपति पौडेलले गरे छठी माताको पूजा आराधना

२२ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपरान्ह छठी माताको पूजा अर्चना गरेका हुन् । 

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरे । राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गरे ।

यसैगरी उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आरधना गरे । 
राष्ट्रपति पौडेल गुहृेश्वरी र कमलपोखरीको पूजास्थल  पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेको जनाइएको छ । 

यो पनि पढ्नुहोस्