sevenstartv.com ४ पुष २०८२, शुक्रवार

यू-१९ महिला विश्वकप छनौट : नेपालसँग कुवेत पराजित

२२ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । आइसीसी यू-१९ महिला विश्वकप एसिया छनोट अन्तर्गत नेपालसँग कुवेत पराजित भएको छ ।

संयुक्त अरब इमिरेट्स युएईको सेभेन क्रिकेट रंगशालामा आज भएको खेलमा  नेपालसँग कुवेत  १ सय ८ रनले पराजित भएको हो । नेपालले दिएको १ सय ९ रनको विजय लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमा समेटियो । उसका जिफा जिलानीले १२ रन जोडिन् भने ६ जना खेलाडी शून्यमा आउट भएका थिए ।

नेपालकी सिमना केसी र रचनाकुमारी चौधरीले २र२ पूजा महतो,कृष्ण गुरुङ, मनिषा कुमारी उपाध्यायले एक-एक विकेट खसाले। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि पूजा महतोले सर्वाधिक ३४ रनको योगदान गरिन्। साना प्रविनले २५ र ज्योत्सनिका मरासिनीले २३ रन जोडिन् ।

यसअघि बुधबार भएको उद्घाटन खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । नोभेम्बर १४ सम्म चल्ने छनोटमा आयोजक युएईसँगै नेपाल, कुवेत र थाइल्याण्डले डबल राउण्ड रोबिनमा प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगिताको शीर्ष टोलीले विश्वकपमा स्थान बनाउनेछ । नेपालले तेस्रो खेलमा शनिबार युएईसँग प्रतिस्पर्धा गर्नेछ । 
 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्