रुकुमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते
काठमाडौं । पूर्वी रुकुमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आज बागलुङको निसिखोला–६, जाउलेपानीमा सो बस दुर्घटना भएको हो ।
सडकमा ब्रेकफेल भएर १०० मिटर पछाडि बस पल्टेको जनाइएको छ । अहिले प्रहरी चौकी निसिखोलाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ । घाइते भएको र उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि लगिएको छ ।

.gif)