डीभी भर्ने समय २ दिन थपियो
काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ ।
अमेरिकाले डाइभर्सिटी भिसा डीभी २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको हो । नेपालस्थित अमेरिकी दूतावासका अनुसार यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको जनाएको छ ।
असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुल्ला गरिएको थियो । डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।








