sevenstartv.com ९ पुष २०८२, बुधवार

भक्तपुर पूरा शहर नै जीवित संग्रहालय होः प्रधानमन्त्री ओली

१७ कार्तिक २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर पूरा शहर नै जीवित संग्रहालय रहेको बताउनुभएको छ । शनिवार भक्तपुरमा नेपाल संवत ११४५ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भक्तपुर पूरा शहरलाई नै जीवित संग्रहालय मान्न सकिने अवस्थामा पुगेको बताउनु भयो । उहाँले भक्तपुर पर्यटकहरुको लागि पनि आकर्षणको केन्द्रबिन्दु बनेको बताएनु भयो ।

उहाँले आफ्नो मौलिकता, इतिहास, परम्परा, संस्कृति, साहित्य भक्तपुरमा देख्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो, ‘भक्तपुरलाई जीवित संग्रहालय भनेर पनि मानिन्छ । यो संग्रहालय पनि हो । जुन संग्रहालयमा मानिसहरु बसोवास परापूर्व कालदेखि बसेका छन् । मानिसहरु बस्दाबस्दै यसलाई संग्रहालय मान्न सकिने अवस्थामा पुगेको छ । सिंगै शहर । भक्तपुर एउटा जिउँदो संग्रहालय हो । जहाँ पर्यटकहरुको आकर्षणको केन्द्र हो । यो वास्तवमा दुनियाँकै मानिस जातिका लागि एउटा आश्चर्यजनक ठाउँ पनि हो । जहाँ आफ्नो मौलिकता, इतिहास, परम्परा, संस्कृति, साहित्य छ । नृत्य, कला छ । सबै आफ्ना छन् । यसै ठाउँबाट शंखधर शाख्वा हुनुहुन्थ्यो ।’

प्रधानमन्त्री ओलीले नेपालको संस्कृतिको संरक्षण गर्न सरकार लागिपरेको बताउनु भयो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्