sevenstartv.com ५ पुष २०८२, शनिवार

आईसीसी विश्वकप लिग टु : नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा

१३ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले दोस्रो खेल स्कटल्याण्डसँग खेल्ने भएको छ ।

खेल नेपाली समय अनुसार राति सवा ९ बजे ढालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा सुरु हुनेछ । नेपाल, स्कटल्याण्ड र अमेरिका सम्मिलित यस सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटले पराजित भएको थियो ।

स्कटल्याण्डले भने आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो । स्कटिङ टोली लयमा छ भने नेपालले लिग टु मा पछिल्लो समय खराब प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा राम्रो ब्याटिङ गर्दै २८६ रन बनाए पनि नेपालले स्कोर डिफेन्ड गर्न सकेन । नेपाल लिग टु मा ७ खेल यता जितविहीन छ । 

 

 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्