sevenstartv.com १७ असार २०८३, बुधवार

प्राधिकरणले लगायो थाई एयर एसियालाई अनिश्चित प्रतिबन्ध

१२ कार्तिक २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र  चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ ।  उडान अनुमति नलिई यात्रुसहित आइतबार थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्धसँगै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट जिएसएको इजाजतसमेत निलम्बन गरिएको छ ।

 

वायुयानलाई अनुमति नलिई काठमाडौँ ल्याउने काम सम्बन्धित जिएसए कम्पनीको भएकाले जिएसए खारेज गरिएको हो । थाई एयर एसियाको नेपालका लागि जिएसए कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल हो । अनुमति नहुँदासमेत जहाजलाई नेपाल ल्याएको र नियामक निकायमाथिको अटेरीका कारण यसको

जिएसए कारबाहीमा परेको हो ।  प्राधिकरणका अनुसार आइतबार कात्तिक ११ बाट एयर एसियाले भैरहवा विमानस्थलमा उडान गर्ने गरी काठमाडौँ विमानस्थलमा उडान गरिरहेको थियो । 


जहाजलाई धेरै समय होल्डिङ गर्दा यात्रु र हवाई सुरक्षामा पर्ने जोखिम र मानवीयताको विषयलाई हेरेर अवतरणको अनुमति दिइएको प्राधिकरणले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको उडान अनुमति शनिबार नै सकिएको थियो ।