sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

ट्राफिक प्रहरीले उठायो तीन महिनामा दुई करोड ७९ लाख ४१ हजार राजस्व

११ कार्तिक २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा ३५ हजार ८५ सवारीसाधनका चालकबाट उक्त रकम सङ्कलन गरेको जनाइएको छ । 

उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्