बजाजले ल्यायो मोटरसाइकल साटासाटको योजना
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले मोटरसाइकल साटासाटको आकर्षक योजना सुरु गरेको छ । यस योजना अन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्रान्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटासाट गर्न कम्पनीले जनाएको छ ।
यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरू उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।
यो योजना यही कार्तिक ८ गतेदेखि सुरु भएको हो ।

.gif)