sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आयात-निर्यात दुवै घट्यो, ३ महिनामा नेपाललाई साढे ३ खर्ब व्यापार घाटा

७ कार्तिक २०८१, बुधवार स्टार संवाददाता


काठमाडौंं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा आयात-निर्यात दुवै घटेको छ । भन्सार विभागका अनुसार गत आवको यही अवधिको तुलनामा चालु आवमा ४.१७ प्रतिशतले आयात र ६.११ प्रतिशतले निर्यात घटेको छ । 

तीन महिनाको अवधिमा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । यसमा नेपाललाई ३ खर्ब ५२ अर्ब ३७ करोड रुपैयाँ घाटा भएको छ । आयात-निर्यात दुवै घटेकाले यो घाटा गत आवको तीन महिनाको तुलनामा ३.९६ प्रतिशतले कम हो । 

साउनदेखि असोजसम्मको अवधिमा नेपालले ३ खर्ब ९० अर्ब ७२ करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्