साफ वुमन्स च्याम्पियनसिप २०२४ : नेपालले आज माल्दिभ्ससँग खेल्दै
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो । फ्रान्समा लिग खेलिरहेकी गोलमेसिन तथा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बाविनै मैदान उत्रिएको नेपाल भुटानविरुद्ध फिनसिङमा चुक्दा गोल गर्न असफल बनेको थियो ।
यस्तै त्यस खेलमा दुई खेलाडी घाइते हुनु नेपालक लागि दुर्भाग्य बन्यो । भुटान विरुद्ध घाइते हुँदै मैदानछाडेका डिफेण्डर हिरा भुजेल र मिडफिल्डर दीपा शाहीको घुँडाको एसिएलमा चोट रहेकोले उनीहरुले साफको बाँकी खेल गुमाउनेछन् ।

.gif)