sevenstartv.com १० साउन २०८३, आइतवार

विश्वकपको सेमिफाइनलमा रोचक भिडन्त, अर्जेन्टिना : इङ्गल्यान्ड, फ्रान्स : स्पेन भिड्ने

२८ असार २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । यसपटक विश्वकपको फाइनल यात्राका लागि साविक विजेता अर्जेन्टिना, इङ्गल्यान्ड, फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुने भएको हो ।

डल्लास स्टेडियममा हुने सेमिफाइनलको पहिलो खेल मंगलबार फ्रान्स र स्पेनबीच हुँदैछ यो खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । । उपाधि दाबेदार मानिएका यी दुई युरोपेली पावर हाउसबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

त्यस्तै, दोस्रो सेमिफाइनलमा बुधबार अर्जेन्टिना र इङ्गल्यान्ड बिच हुने खेलको महाभिडन्त हेर्न दर्शक आतुर छन् । एटलान्टा स्टेडियममा हुने यो खेलमा अर्जेन्टिनाले फाइनल प्रवेशका लागि बलियो इङ्गल्यान्डको सामना गर्नुपर्ने हुन्छ ।

सेमिफाइनलका विजेता टोली उपाधिका लागि आगामी आइतबार जुलाई १९ तारिखमा न्युयोर्क न्युजर्सी स्टेडियममा भिड्नेछन् । फिफा विश्वकप २०२६ को उपाधि कुन देशले हात पार्ला भन्ने तमाम खेल प्रेमीको चासोको बिषय बनेको छ ।

साथै खेलको अन्तिम चरणसम्म पुग्दा गोल्डेन बुट कसले लैजाला भन्ने समेत निकै चासो र चर्चाको विषय बन्न पुगेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्