नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य
काठमाडौं । अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ । तेस्रो क्रममा ब्याटिङमा आएका भुर्तेलले ७ चौका र ६ छक्काको मद्दतमा नटआउट ९२ रन बनाए ।
ओपनर आशिफ शेख चार बल खेलेर आउट हुँदा अर्का ओपनर अनिल साहले ३१ बलको सामना गर्दै २५ रन जोडे । उनले दुई चौका र एक छक्का प्रहार गरे । गुल्सन झाले १२ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा १९ रन जोडे । कप्तान रोहित पौडेलले १४ बलमा दुई चौकाको मद्दतमा १८ रन बनाए ।
दीपेन्द्रसिंह ऐरीले भने तीन बलमा २ रनमात्र जोड्न सके । आरिफ शेख १ रन बनाएर आउट भएको खेलमा एक बल खेल्न मैदान पुगेका करण केसीले छक्का प्रहार गरे। कमजोर सुरुवात गरेको नेपालको मध्यक्रम चल्दा ६ विकेटको क्षतिमा १७० रन बनाएको हो ।
नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा छ । तीन खेलको टी(२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो ।

.gif)