सन्दीप लामिछाने अमेरिका जाँदै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिएको हो ।
भिसा पाएपछि उनी आजै अमेरिका उड्ने भएका छन् । उनी आज राति अमेरिका उड्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । त्यहाँ उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो शृङ्खला खेल्नेछन् ।
टोलीका अन्य सदस्य भने क्यानडामा लिग–२ खेलेर अमेरिका पुगिसकेका छन् । अमेरिकामा लिग-२ प्रतियोगिता अक्टोबर २५ तारिखमा सुरु हुँदैछ ।नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग २७ तारिखमा खेल्नेछ । लिग–२ मा तेस्रो टोलीको रूपमा स्कटल्यान्ड रहेको छ ।

.gif)