मेलम्ची खोलाबाट दैनिक २२ करोड लिटर पानी काठमाडौंमा, आजैबाट वितरण
काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण शुरु गरिएको छ ।
मेलम्ची खानेपानी विकास समितिले मङ्गलवारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुरु गरेको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई.रत्नप्रसाद लामिछानेले हाल काठमाडौं उपत्यकामा मेलम्ची खोलबाट दैनिक २२ करोड लिटर पानी ल्याइएको जानकारी दिनुभयो । अघिल्लो वर्षभन्दा यो वर्ष मेलम्चीको पानी छिटो काठमाडांैमा आएको छ ।
पानी पठाउने संरचनामा निरन्तर अनुगमन गरेर क्षतिबाट बचाएकोले समयमै पानी काठमाडांैमा पठाउन सकिएको प्रमुख लामिछानेले जानकारी दिनुभयो । उहाँले उपत्यकामा हिजोबाट दैनिक १७ करोड लिटर पानी प्रशोधन गरेर वितरण भइरहेको बताउनु भयो । उहाँले ५ करोड लिटर पानी भने बागमती नदिमा पठाइएको बताउनु भयो ।
कार्यकारी निर्देशक लामिछानेले मेलम्चीबाट आएको पानी पिउनयोग्य भएको बताउनु भयो । उहाँले मेलम्चीबाट सुन्दरीजल ल्याइएको पानी चार तहसम्म प्रशोधन गरेर वितरण गरिने बताउनुभयो ।।








